अवैध मृगौला प्रत्यारोपण गर्ने चार डाक्टर पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले चितवनबाट चार जना डाक्टरलाई पक्राउ गरेको छ। अवैध मृगौला प्रत्यारोपण गरेका अभियोगमा अनुसन्धान गर्न प्रहरीले चार डाक्टर पक्राउ गरेको हो। मानव बेचबिखन अनुसान्धन ब्युरोबाट खटिएको एक टोलीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरी काठमाडौं ल्याइदै रहेको ब्युरोले जानकारी दिएको छ। यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने ब्युरोले बताएको छ।