पार्टी फुटदैन, हामी जित्छौः प्रचण्ड


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद चलिरहेको बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताउनुभएको छ । उहाँले प्रतिक्रियावादी शक्तिलाई नेकपा विभाजित हुने सपना नदेख्न चेतावनी दिनुभयो ।

गृहजिल्ला चितवनको माडीमा शनिबार नेतारकार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले ‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क रहेको बताउनुभयो । मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छ, मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिन, उहाँले भन्नुभयो ।
प्रचण्डले कोरोना महामारीका बेला प्रतिक्रियावादीहरूले अनावश्यक रूपमा खेल्न सक्ने पनि बताउनुभयो । उहाँँले भन्नुभयो,‘प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तर हामी जित्छौ ।’