ओलीसँगको वार्ता छोडेर प्रचण्ड नारायणी नदीतिर


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको देखिएको विवाद समाधान गर्न आज हुने भनिएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्ता अनिश्चित भएको छ । आज तय भएको वार्ता छोडेर प्रचण्ड चितवनको नारायणी नदी अवलोकनमा निस्किनुभएको छ ।

अविरल बर्षाको कारण नारायणी नदीको वहापले पारेको असर र जनतासँग छलफल गर्न प्रचण्ड चितवन जानुभएको सचिवालयले बताएको छ । चितवनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भन्नुभयो,‘आजको लागि तय भएको वार्ता छोडेरै म चितवन आएको हुँ ।’