प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बोधन अहिले राति ८ बजेको नेपाल टेलिभिजनको समाचारपछि हेर्न र सुन्न सकिने जानकारी दिनुभयो ।

संसदको बर्षे अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्रीले देशबासीको नाममा गर्न लागेको सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।