आज बस्ने भनिएको नेकपाको स्थायी समिति बैठक शुक्रबारसम्मका लागि स्थगित


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । पार्टीभित्र चुलिएको गतिरोधको अन्त्यका लागि दुई अध्यक्षबिच निरन्तर छलफलमा रहेकोले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

पार्टीका दुई अध्यक्षबिच वान टु वान वार्तामा निरन्तर बसी रहनु भएको छ । हिजो बसेको बैठक सकारात्मक भएको पार्टीका एक शिर्ष नेताले बताएका छन् ।