अभिभावकीय भूमिका निर्वाह गर्नमा सम्पादकहरुको जोड


काठमाडौं, (नेस)

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाल पत्रकार महासंघले सम्पादकहरुसँग परामर्श बैठक सम्पन्न गरेको छ ।

बैठकमा कोभिड–१९ पछि नेपाली सञ्चार माध्यमहरुले भोग्नुपरेका समस्या सम्पादकहरुको अनुभव, श्रमजीवी पत्रकारहरुको अवस्था, सम्पादकीय स्वतन्त्रता, सूचनामा पहुँच, महासंघले खेल्नुपर्ने भूमिका र नीतिगत व्यवस्थालगायतका विषयमा छलफल गरिएको थियो ।

बैठकमा सम्पादकहरुले अहिलेको संकटमा महासंघको भूमिका महत्वपूर्ण हुने बताउँदै कोभिड–१९ ले नेपाली सञ्चार क्षेत्रमा पारेको समग्र अवस्थाको अध्ययन गर्न समस्या समाधानका उपाय खोज्न महासंघलाई सुझाव दिनुभएको छ ।

अहिलेको विषम परिस्थितिमा महासंघले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा सम्पादकहरुले जोड दिनुभएको छ ।