रसुवागढी नाका सञ्चालनमा


न्युज अफ नेपाल, रसुवा ।
चीन जोड्ने रसुवागढी नाका सञ्चालनमा आएको छ । पाँच महिनादेखि बन्द रहेको उक्त नाका सोमबारदेखि सञ्चालनमा आएको हो । कोरोनाभाइरस महामारीका कारण औपचारिक रुपमा १५ माघदेखि नाका बन्द गरिएको थियो। उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुने बताईएको छ ।

भन्सार खुलेको पहिलो दिन चार कन्टेनर सामग्री भित्रिएका छन् । नेपाल–चीन सीमाको मितेरी पुलसम्म चिनियाँ ट्रकले सामान ल्याएर ओरालेका थिए । त्यसपछि ती सामान नेपाली कामदारले ट्रकमा राखेर नेपालतर्फ ल्याएका छन्।

दैनिक चार कन्टेनर सामान चीनबाट नेपालतर्फ ल्याउन द्विपक्षीय समझदारी भएको छ । यद्यपि, नेपालबाट चीनतर्फ सामान निर्यात भने खुलेको छैन ।