ओली–प्रचण्डबीच वार्ता : भोली फेरि भेट्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्तामा पनि सहमति जुटन सकेन । अध्यक्षद्धय ओली र प्रचण्डको आ–आफ्नै अडानको कारण सहमति जुटन नसकेको हो । पार्टी विभाजन हुन नसक्ने अध्यक्ष ओलीको अधिव्यक्तिपछि नेकपाभित्र तरङ पैदा गरेको छ ।

शीर्ष नेताहरुबीच दौडधुप चलिरहेको बेला आज दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो ।आफ्ना पक्षमा दुई दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

त्यसैगरी प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए । छलफलबाट ओली र प्रचण्ड उठे पनि दुबै पक्षका चार नेता भने बालुवाटारमै रहेको बताइएको छ ।