मेलम्ची सुरुङको परीक्षण सुरु

पुरै सुरुङको परीक्षण हुन डेढ महिना बढि लाग्ने


न्युज अफ नेपाल, काठमाडौं ।
बहुप्रतिक्षित तथा बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण थालेको छ । आज आईतबार विहानदेखि सुरुङभित्र पानी हालेर परीक्षण सुरु गरेको आयोजनाले जनाएको छ ।

सुरुङको गेटहरु निर्माण सम्पन्न भएपछि पानी हालेर परीक्षण सुरु गरेको आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । मुख्य मुहान क्षेत्र निर्माणाधिन रहेकोले बैकल्पिक रुपमा मेलम्ची खेलामै अर्कै मुहान बनाएर सुरुङमा पानी हालेर परीक्षण गरेको उहाँले बताउनुभयो ।

अहिले अम्बाथान सुरुङमा पानी हालिरहेको छ । दैनिक दुई हजार लिटर प्रति सेकेण्ड क्षमता रहेको उक्त सुरुङमा अहिले दुई सय लिटर प्रतिसेकेण्डको दरले पानी हाली रहेको आयोजनाले जनाएको छ ।

अम्बाथान सुरुङखण्ड ८ सय मिटरमा पानी हाली मेलम्ची खोलामै पानी फकाई सुरुङको परीक्षण कार्य भईरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताउनुभयो ।

पन्ध्र दिनपछि सुन्दरीजलसम्म सुरुङको परीक्षण हुनसक्ने आयोजनाले आँकलन गरीएको छ । पुरै सुरुङको परीक्षण हुन डेढ महिना बढि लाग्ने अनुमान छ ।