काठमाडौं उपत्यमा २८ जनामा कोरोना संक्रमण भएको पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

बितेको २४ घण्टामा नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।