डुबाउने कि जोगाउने जहाज दुई पाइलटकै हातमा छ : मन्त्री भट्टराई


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेकपाभित्रको विवाद समाधान गर्ने जिम्मेवारी दुई पाइलटको हतमा रहेको बताउनुभएको छ । उहाँले पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्ड नै जम्बो जहाजको पाइलट भएकाले जोगाउने वा डुबाउने जिम्मेवारी दुवै जनाको जिम्मेवारी भएको बताउनुभएको हो ।

उहाँले मन्त्री र मुख्यमन्त्रीहरू फेरेर भए पनि पार्टी मिलाएर अघि बढ्नु पर्ने प्रस्ताव बैठकमा राख्नुभएको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा भट्टराईले पार्टी मिल्छ भने आफूहरू मन्त्री छोड्न तयार रहेको  बताउदै भन्नुभयो,‘‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस्। हामी मन्त्री छोड्न तयार छौं।

तपाईंहरू दुई जनाले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो। संकटमा जहाज हाँक्न नसक्ने भएपछि त आ–आफ्नो बाटो लाग्नुस् ।’