कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा


न्युज अफ नेपाल, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने जनाएको छ । महाधिवेशनको कार्यतालिकामा केही परिमार्जन मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले निर्णय भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको जानकारी दिनुभयो ।

असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले पार्टीको महाधिवेशन पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने बताउनु भयो। यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।