नागरिकतामा सात वर्षे प्रावधानको विरोध

माईतीघर मण्डलामा प्रदर्शन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको विरोधमा मंगलबार माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान पारित गरेको छ ।जसपा नेताले ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन्। पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी हुनुभएको छ ।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाको माग छ ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टीले सो प्रदर्शन गरेको हो।