पीसीआर परीक्षणको दायरा बढाऊः नेपाली कांग्रेस


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । कोरोनापछिको उत्पन्न परिस्थितिको अनुमगन समितिका संयोगजक तथा सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै यस्तो माग गरेका हुन् । उक्त टोलीले क्वारेन्टाईनको मापदण्ड सुधार गर्न समेत सरकारको ध्यानाकर्षण गरेको छ ।

क्वरेण्टीन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भइका बिरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले पालिकालाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको सहमहामन्त्री महतले बताउनुभयो । भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताउनुभएको उहाँले जानकारी दिनुभयो।