सडकमा रगत पोख्न लगाउने अधिवक्ता स्वागत नेपालसहित १२ जना पक्राउ

मुद्धा चलाउने तयारी


 

न्युज अफ नेपाल, काठमाडौं । अधिवक्ता तथा सामाजिक अभियान्ता स्वागत नेपालसहित १२ जनालाई मंगलबार उपत्यकाको विभिन्न स्थानमा प्रहरीले गिरफतार गरेको छ ।

भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखे पछि उनीहरुलाई प्रहरीले गिरफतार गरेको हो ।

कार्यक्रमको नाममा हिंसात्मक कार्य गर्न लागिएकाले उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘सडकमै शरीरबाट रगत पोख्ने कार्यक्रमलाई विथोलेका छौं, उहाँहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गर्ने तयारी छ ।’