एक्स–रे गर्दा युवतीलाई नाङ्गो बनाउन खोज्यो रे

0
Shares

 

न्यजु अफ नेपाल, दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स(रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स–रे गर्ने प्राविधिक बबई गाउँपालिका– ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स–रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले नाङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।