बीमाको रकमकै लागि सुस्मिताको हत्या

0
Shares

न्युज अफ नेपाल, मकवानपुर ।

हेटौंडा–४ की २४ वर्षीया सुस्मिता क्षेत्री थापाको उहाँकै सासु, ससुरा र नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
असार २ गते घरकै भान्छा कोठामा मृत भेटिएकी सुस्मिताको आत्महत्या नभई हत्या भएको र घटनामा चार जनाको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको हो।

उहाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ससुरा प्रकाश थापा, सासु तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सुस्मिताका पति रूपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भैसकेको छ ।

गत दशैंमा ससुराली कपिलवस्तुबाट टीका थापेर हेटौडा फर्किने क्रममा दाउन्नेमा उहाँको दुर्घटनामा परी ज्यान गएको थियो ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले सुस्तिताको हत्याको मुख्य कारण सुस्मिताको पतिको बीमा वापत पाउने रकम भएको बताउनुभयो ।

मृत्युपश्चात क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ पनि आफूहरुले पाउनु पर्छ भन्दै परिवारले विवाद गरेको थियो । ‘रूपेन्द्रले तलब, बोनस, बीमा वापतको पाउन बाँकी ३८ लाख २८ हजार पनि आफूहरुले नै लिन बुहारीको हत्या गरेको खुलेको छ।राठौरका अनुसार रकम पाउने हकवालाको विषयमा विवाद हुँदा उक्त रकम भुक्तानी हुन सकेको छैन।सबै रकम आफूलाई दिन परिवारले बारम्बार सुस्मितालाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । इन्जिनियर रूपेन्द्र र सुस्मिताबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो।