न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमा लकडाउन घोषणापछि तीन महिनाको अवधिमा सात लाख भन्दा नेपालीहरु स्वदेश फर्किएका छन् । लकडाउन सुरु भएको तीन महिनाको अवधिमा हवाई मार्ग र स्थल मार्गबाट गरी सात लाख भन्दा बढी नेपालीहरु स्वदेश पर्किएका हुन् ।
गृह मन्त्रालयका उप–सचिव परमानन्द घिमिरेले छिमेकी दिने भारतबाट सबै भन्दा बढी नागरिकहरु स्वदेश फर्किएको न्युज अफ नेपाललाई बताउनुभयो । उहाँले भन्नुभयो,‘हवाई मार्ग भन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको संख्या ठूलो छ ।’
लकडाउन सुरु भए लगत्तै स्वदेश फर्किने नेपालीहरुको भिड लागेपनि अहिले पनि निकै कम संख्या मात्र नेपालीहरु आइरहेको उहाँले जानकारी दिनुभयो । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीहरुलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।
प्रतिक्रिया