अव्यवस्थित क्वारेण्टिनमा राखिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

0
Shares

रामधन राई,खोटाङ ।

 खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित क्वारन्टिनमा अव्यवस्थित हुँदा नागरिक मारमा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । धादिङबाट गत असार ३ गते घर आएका आठ स्थानीयलाई जीर्ण र पानी चुहिने मतानमा बनाइएको क्वारेन्टिनमा राखिएको, सरसफाई, पिउने पानी र शौचालयको व्यवस्था नभएको भन्दै असार १२ गते आयोगको केन्द्रीय कार्यालय काठ्माण्डौंमा उजुरी परेको हो ।

स्थानीय तहले क्वारेन्टिनमा बस्ने सर्वसाधारणका लागि खानाको व्यवस्था गर्नुपर्ने, बेला–बेलामा स्वास्थ्य परीक्षण गरिनुपर्ने, महिला, पुरष र बालबालिकालाई भिन्ना–भिन्नै ठाउँमा राख्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ खोटाङका सभापति तिर्थराज भट्टराईले आयोगमा उजुरी दिएका हुन् ।

स्थानीय तहले क्वारेन्टिनमा बस्ने सर्वसाधारणका लागि खानाको व्यवस्था गर्नुपर्ने, बेला बेलामा स्वास्थ्य परिक्षण गरिनुपर्ने, महिला, पुरष र बालबालिकालाई भिन्ना भिन्नै ठाउँमा राख्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ खोटाङका सभापति तिर्थराज भट्टराईले हस्ताक्षर गरि उजुरी दर्ता गराउनुभएको हो ।

नेपाली काङ्ग्रेस खोटाङका सह सचिव प्रेमकुमार राई, जिल्ला सदस्य नारदमणि राई, केपिलासगढी पार्टी सभापति हेमन्त राई , पूर्व जिल्ला सदस्य देबेन्द्र बस्नेत , प्रजातान्त्रिक प्रतिष्ठान महासंघका प्रदेश सदस्य गोमा राई, तरुण नेता अमित राई, नेविसंघका नेता विकल राई लगायतको टोली आयोगमा पुगेर उजुरी दिएका हुन् ।

क्वारेन्टिनमा बस्ने नागरिकको यथोचित बस्ने व्यवस्थाका लागि पालिकामा ध्यानाकर्षण पत्र नेपाली काङ्ग्रेस गाउँ पालिका कार्यसमिति खोटेहाङका सचिव लोकनाथ ढकालको नेतृत्वमा पालिका अध्यक्ष प्रदिप राईलाई बुझाएको दोश्रो दिन क्षेत्रीय सभापति भट्टराई लगायतले आयोगमा पुगेर उजुरी दिएका हुन् ।

मापदण्ड अनुसारको क्वारेन्टिन बनाउन र सहजताका साथ बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितताका लागि आग्रह गर्दा सुनुवाई नभएकाले आयोगलाई गुहार्नु परेको काँग्रेसका क्षेत्रीय सभापति भट्टराईले बतानुभयो । सर्प, विच्छी र खजुरोको जोखिम रहेको क्वारेन्टिनमा ओढ्ने, ओछ्याउने व्यवस्था नभएको खान बस्न र क्वारेन्टाइनमा बस्नेहरूको स्वास्थ्य चेक नगरिएकोमा गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार राई, र खोटेहाङ गाउँपालिका ९, का वडाध्यक्ष गोपीकृष्ण राईलाई सोधपुछ गरी कारबाहीको प्रकृया अगाडि बढाउन र जिल्लामा रहेका आयोगबाट तत्कालै स्थलगत निरिक्षण गरी कारबाहीको व्यवस्था मिलाउन उजुरीमा भनिएको छ ।

यस बिषयमा संघीय सांसद बिशाल भट्टराईले समेत कुनै वास्ता नगरेकाले अबोध बालबालिका, महिला र पुरुष गरी आठजनाको मानव अधिकार हनन् भएकाले यस्तो कार्य गर्नमा संलग्न सबैलाई तत्काल कारबाही गर्न आयोगलाई अनुरोध गरेको छन ।

क्वारेन्टाइनमा कष्टका साथ बसिरहेको स्थानीयलाई सोही स्थानीयवासी युवा हाल मलेसियामा कार्यरत यज्ञकुमार राईले पीडितलाई पठाउनु भएको दस हजार बराबरको खाद्यान्न सामाग्री सहयोग नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालिका कार्यसमितिका सभापति प्रेमकुमार थापाको नेतृवमा वडा कार्यसमिति सभापति कर्ण राउत, चक्र बहादुर राई, नेविसंघ खेटेहाङ गाउँपालिकाका अध्यक्ष गणेश खडड्काको टोलि सोही स्थानमा पुगी राहत वितरण गरिएको स्थानीय सुवास राईले बताउनुभयो ।

आयोगमा उजुरी दर्ता गरिएको पत्रमा क्वारेन्टाइनमा राखिएकामा ४७ वर्षिय कपुर परियार र सोही उमेरका देवबहादुर राई , २० वर्षिय टलेज राई, ३८ वर्षिय सानुका परियार , नावालिकाहरू १६ वर्षिय मिना परियार , ८ वर्षिय मनोज राई र रेजिना परियार र ३ वर्षिय अवोध वालिका प्रतीक्षा परियार समेत ८ जनालाई राखिएको जनाइएको छ ।

आफ्नै गाउँपालिकामा सर्वसाधारण जनताले नारकीय जीवन विताई मानवअधिकारको ठाडो उलंघन हुँदा सङघीय सांसद विशाल भट्टराईले आवाज उठाउन नसक्नु दुर्भाग्यपूर्ण रहेको क्षेत्रीय सभापति भट्टराईको भनाई छ । राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले उजुरी बुझ्दै मानवता विरोधी कार्यमा संलग्न भई मानवअधिकार हनन गर्ने जो कोहिलामई पनि कडाभन्दा कडा कार्वाही गरिने प्रतिबद्धता जनाउनुभएको युवा नेतृ गोमा राईले बताउनुभयो ।

आयोगमा उजुरी दर्ता नम्वर २००४ रहेको र उजुरी दर्ता बुझ्ने क्रममा मानवअधिकार आयोगका निर्देशक मुरारी प्रसाद खरेल र सहनिर्देशक लोकनाथ बास्तोला समेत उपस्थित भई घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिएको भन्दै तत्काल कार्वाहीको प्रक्रिया अगाडि बढाइने प्रतिबद्ध जनाउनु भएको नेविसंघका नेता विकलले जानकारी गराउनुभयो ।