सलह रोकथामका लागि ड्रोन र दमकलबाट विषादी छर्किन सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरोकारवाला निकायका अधिकारी विज्ञहरुले सलह रोकथामका लागि ड्रोन र दमकलबाट विषादी छर्किन सिफारिस गरेका छन् ।
आइतबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले उक्त सुझाव दिएका हुन् ।

सलह नियन्त्रण गर्न संघीय सरकारले प्रदेश सरकारलाई विषादी, औजार उपलब्ध गराउने र प्रदेश सरकारले स्थानीय सरकारलाई जानकारी गराउने निर्णय भएको बैठकमा सहभागी कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो । उहाँले बढी झुन्ड देखिएको ठाउँमा दमकल, ड्रोनको प्रयोगलगायत खोजी गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बढी झुन्ड देखिएको ठाउँमा भोलि वा पर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोहीअनुसार सिफारिस गरेका छौं ।’थाल ठोक्ने, बाजा बजाउने लगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने शर्माले बताउनुभयो ।