मृत अवस्थामा तीन शव फेला

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं,महानगरपालिका–२८ बागबजारस्थित टुकुचा खोला नाजिकै बन्दै गरेको किरियापुत्री टहरोमा काठमाडौं महानगरपालिका–२१ लगन घर भई हाल बागबजार बस्ने ६६ वर्षीय रामकृष्ण महर्जन शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर,गोदावरी नगरपालिका–१४ ठैवस्थित मकैबारीमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने मकवानपुर भिमफेदी घर भएका ६५ वर्षीया रुपा तिमल्सिना शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

झापा,बुद्धशान्ती गाउँपालिका(४ स्थित बोर्ने चिया बगानभित्रहाल नाम, थर, वतननखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।