निजी विद्यालय र सरकारबीच वार्ता बस्दै

वार्ता दिउँसो ४ बजे


न्युज अफ नेपाल, काठमाडौं ।

पुरानो शुल्क लिने र भर्ना खोल्ने विषयमा सरकार र निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनबीच तनाब बढ्न थालेपछि सरकारले वार्तामा बोलाएको छ ।शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले दुई निकायलाई वार्तामा बोलाउनुभएको हो । मन्त्रालयका सह सचिव काप्री र केही अधिकारीले वार्ताको विषयमा कसैलाई जानकारी दिएका छैनन् ।

अहिले ४ बजेदेखि हुने वार्तामा सिफ्ट गरी विद्यालय सञ्चालन गर्ने, वक्यौता उठाउने, नयाँ भर्ना लिन प्रकृया शुरु गर्ने लगायतका विषयमा छलफल हुने भएको छ । छलफल पछि प्याब्सन र एन प्याब्सनले थप रणनीति बनाउनेछन् । केही ठुला विद्यालयका कारण शुल्क र नया भर्ना गर्ने विषयमा सरकारसंग तनाव भएपछि सरकारले विद्यालय सञ्चालकलाई वार्तामा बोलाएको हो ।

वार्तामा प्याब्सन, एन प्याब्सन र मन्त्रालयका अधिकारीको सहभागिता हुनेछ । दुई निकायले सरकारले माग पुरा नगरे विद्यालय बन्द गर्ने सम्मको चेतावनी दिने तयारी गरेको छ ।