उपत्यका बाहिर जान सवारी पास

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका बाहिर जानका लागि लिनुपर्ने सवारी पासको लागि निवेदनको नमूना सार्वजनिक गरेको छ ।

कार्यालयले उपत्यका बाहिर जानका लागि सवारी पास पाउन निवेदकले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नयाँ ढाँचा अनुसारको निवेदन दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सवारी पासका लागि दिने निवेदनको ढाँचामा यात्रुले आफ्नो नाम, उमेर, स्थायी ठेगाना, सम्पर्क नम्बर, जाने ठाउँ, जाने मिति, सवारी धनीको नाम, चालकको नामलगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

कार्यालयले सकभर आफैले प्रिन्ट गरेर निवेदन भर्न आग्रह गरेको छ । आफैँले प्रिन्ट गर्न नसकेमा भने ५ रुपैयाँभन्दा धेरै रकममा नबेच्न र नकिन्न आग्रह गरिएको छ ।

निवदेनसँग निवेदकले स्थानीय तहको सिफारिस वा यात्रा प्रयोजनका लागि खुल्ने कागजातको फोटोकपी पनि सामेल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कार्यालयले उपत्यका बाहिर जाने सवारी पास जारी गर्ने जनाएको छ ।