पूर्वराजाले जन्मदिन नमनाउने


न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको जन्म दिन नमनाउने हुनुभएको छ । देशभर कोभिड १९ संक्रमण बढिरहेको अवस्थामा यो आफ्नो जन्मदिन नमनाउने हुनुभएको हो । तर घर परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी गर्नुभएको छ ।

स्रोतका अनुसार निर्मल निवासभित्र रहेका आफ्ना परिवार र केही उच्च तहका कर्मचारीले भने उहालार्ई दाम चढाउने कार्यक्रम रहेको छ । यही २३ गते मंगलबार उहा ७५ वर्ष पुरा हुनु हुनेछ । मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनताको भेला गरेर जन्मदिन मनाउनु उचित नभएकोले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्ध गरीएको हो ।

सरकारले १५ जन भन्दा बढी भेला हुन नहुने र भेला हुदा करिब दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरेको छ । यसअघि ज्ञानेन्द्रले निर्मल निवासमा जन्मदिन मनाउदा सयौ जनताको भीड लाग्ने गरेको थियो ।