चार इन्सपेक्टरसहित ७५ जना प्रहरी कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना रोकथाम फ्रन्टलाइनमा खटिएका प्रहरीमा संक्रमण बढीरहेको छ । खासगरी क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीमा संक्रमित भएका छन् ।

हालसम्म चार इन्सपेक्टरसहित ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसध्ये ४१ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टाईनमा छन् ।

पछिल्लो पटक महानगरीय अपराध महाशाखामा पनि संक्रमण देखिएको छ । पूर्ण रुपमा सतर्कतासहित डिउटीमा खटिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।