यूएईबाट पहिलो चरणमा ११ उडान, १८८९ स्वदेश फर्किए

दोस्रो चरणको तालिका सार्वजनिक हुने


न्युज अफ नेपाल, युएई ।
संयुक्त अरब एमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले कोभिड–१९ का कारण समस्यामा परेका नेपालीको उद्धार गरी स्वदेश ल्याउने प्रक्रियाको पहिलो चरण सकिएको जनाएको छ ।

दूतावासका अनुसार पहिलो चरणमा १८ सय ८९ जना नागरिकको उद्धार गरिएको छ । जुन महिनाको १९ देखि २७ अर्थात हिजोसम्म विभिन्न एअरलाइन्सका ११ वटा चार्टड उडान भएको दुतावासले जनाएको छ ।

शनिबार वेलुका एक वक्तव्य जारी गर्दै दुतावासले छिट्टटै दोस्रो चरणको उद्धारका लागि तालिका सार्वजनिक गरिने जनायो ।