सरकारले तोकेभन्दा सस्तोमा नेपाली ल्याउँदै मलिण्डो


न्युज अफ नेपाल, काठमाडौं ।
मलिण्डो एयरले सरकारले तोकेको भन्दा सस्तो दरमा मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई ल्याईदिने भएको छ ।

मलेसिया स्थित नेपाली दूतावासले जनाएअनुसार हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले तोकेको भाडाभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तो भाडादर मलिण्डो एअरले तोकेको छ ।

मलेसियाबाट काठमाण्डौ आउने चार्टर्ड उडानको भाडादर हिमालय र नेपाल एअरलाइन्सको १५ सय ९० मलेसियन रिंगिट अर्थात आजको विनिमयदर अनुसार ४४ हजार ७९५ रुपैयाँ रहेको छ ।

तर मलिण्डो एअरले १५ सय मलेसियन रिंगिंट अर्थात आजको विनिमय दर अनुसार ४२ हजार २२५९ रुपैयाँ तोकेको छ ।

एअरलाइन्स वा अन्य एजेण्ट कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।