ओलीले हेपेको प्रचण्ड–नेपालको निष्कर्ष


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र शक्ति संघर्षको विवाद चुलिदै जादा शीर्ष नेताहरु आ–आफ्नो रणनीति बनाउन लागि परेका छन् । पार्टी एकीकरण भएको दुई बर्ष वितिसक्दा समेत तीन गुटमा विभाजित नेकपाभित्र अझै पनि शक्ति संघर्ष चलिरहेको छ ।

तीन–तीन महिनामा बस्नु पर्ने स्थायी समिति बैठक छ महिनापछि सुरु भएको छ । स्थायी समितिका सदस्यहरुले लिखित रुपमा नै बैठक माग गरेपछि पटक–पटक सदै आएको बैठक बोलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तयार हुनुभएको थियो । तर बैठक बोलाए पनि बैठकमा भने लगातार दुई दिन नै ओली अनुपस्थित हुनुभएको छ ।

पार्टीभित्र नेताहरुको आलोचना सुन्न नचाहेको कारण स्वास्थ्यको कारण देखाउदै सकेसम्म ओली बैठकमा नबस्ने गरेको यो पहिलो घटना भने होइन । प्रधानमन्त्री निवास वालुवाटारभित्र नै स्थायी समिति बैठक बालाएर पनि ओली सहभागी नहुनुलाई नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई नटेरेको अर्थको रुपमा लिएका छन् ।

ओलीले नटेरेको प्रचण्ड–नेपालको निष्कर्ष
तीन गुटमा विभाजित नेकपाभित्र वैचारिक र राजनीति विवाद छैन् । सरकारको नेतृत्व गरिरकेको कारण मन्त्री बनाउन र राजनीति नियुक्तिमा भागवण्डामा कुरा नमिल्दा विवाद सतहमा आउने गरेको छ । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा पार्टीसँग कुनै समन्वय नै नगरेको गुनासो अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको छ । मुख्य विवाद राजनीतिक नियुक्तिमा भागवण्डा नै भएको बताइएको छ ।

ओलीलाई अपठ्यारो पर्दा प्रचण्डको काँधमा बन्दुक
पार्टी एकतापूर्व नै ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने लिखित सहमति भएको विषय सार्वजनिक रुपमा आएको थियो । तर पार्टी एकतापछि उक्त सहमतिबाट पछि हटदै ओलीले आफू नै पाँच बर्ष सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि प्रचण्ड असन्तुष्टि जनाएका थिए । ओलीले सहमति कार्यान्वयनमा इच्छा नखाएपनि विकल्प नहुँदा प्रचण्डले चित्त बुझाउनु परेको थियो ।

सरकारको नेतृत्व त आधा कार्यकाल पाएनन नै प्रचण्डले पार्टीको पनि कार्यकारी अध्यक्षको भूमिका समेत पाउनबाट बञ्चित भयो । ओलीसँग असन्तुष्ट बन्नुभएका प्रचण्डले माधव नेपालको साथ लिएर कार्यकारी अधिकार सहितको अध्यक्ष त आफ्नो पक्षमा ल्याउन सकेपनि भूमिका विहिन हुनु पर्यो । अहिले पार्टीभित्र आलोचना भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले नै बैठकको सञ्चालन गर्ने गरी ओली पन्छिएका छन् ।