अब ट्रायल पास गर्ने वित्तिकै स्मार्ट लाइसेन्स


न्युज अफ नेपाल, काठमाडौं ।

यातायात व्यवस्था विभागले पाँच बर्षखेखिको समस्या अबको दुई महिनापछिबाट समाधान हुने बताएको छ । स्मार्ट लाइसेन्स छपाईमा भएको ढिलासुस्तीको कारण आलोचना खेप्दै आएको विभागले अबको दुई महिनापछि ट्रायल पास गरेको केही दिनमै स्मार्ट लाइसेन्स दिने भएको हो ।

ट्रायल पास गरेको डेढ बर्षसम्म पनि चालकहरुले स्मार्ट लाइसेन्स नपाएको गुनासो गर्दै आएका थिए । लकडाउनमा पनि कार्यालय नियमित रुपमा सञ्चालन गरेर दुई सिफ्टमा विभागले स्मार्ट लाइसेन्सको कामलाई नियमित गरेको छ । विभागले विभागले लकडाउनको अवधिमा छापिएका स्मार्ट लाइसेन्सको वितरण सुरु गरेको छ ।

लकडाउनको अवधिलाई सदुपयोग गर्दै विभागले बर्षौदेखि छाप्न नसकेको स्मार्ट लाइसेन्सको छपाइलाई तीव्रता दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले न्युज अफ नेपाललाई बताउनुभयो । करिब २ लाख स्मार्ट लाइसेन्स छाप्ने काम तीब्र गतिमा छापिरहेको भइरहेको बताउदै उहाँले महिनौँ कुर्नुपर्ने स्मार्ट लाइसेन्स अब भने सहजै पाउन सकिने उहाँले बताउनुभयो ।

हाल विभागले लकडाउनको अवधिमा छापिएका र अन्य समयमा छापिएका स्मार्ट लाइसेन्स लकडाउन खुकुलो भएसँगै वितरण थालेको हो । हमालका अनुसार लकडाको अवधिमा एक लाख ८० हजारभन्दा बढी स्मार्ट लाइसेन्स छापिए बताउनभुयो ।

हाल दैनिक यातायात कार्यालयबाट तीन हजारभन्दा बढीका दरले लाइसेन्स वितरण भइरहेको हमालले जानकारी दिनुभयो । विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) छपाइ र वितरणमा देखिएको समस्या दुई महिनाभित्र अन्त्य हुने जानकारी गराएको छ ।