नेकपा स्थायी कमिटी बैठक: यी एजेण्डामा छलफल हुँदै


नेपाल समाचारपत्र, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको तेस्रो दिन आज (शनिबार) पनि जारी छ ।

आजको बैठकमा यसअघि नटुंगिएको एजेण्डा माथि बाँकी नेताहरुले धारणा राख्ने रहेको सचिवालयले जनाएको छ ।

बैठक बस्नका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमै छलफल शुरु हुने त्यहाँ उपस्थित एक नेताले बताए ।

बैठकमा नेपाल भारत सिमा समस्या लगायतलाई एजेण्डा बनाई छलफल जारी राखेको छ ।

नेपाल भारत सीमासम्बन्धी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या र त्यसको समधानका लागि सरकारको प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

शुक्रबार विषयमा १८ जना नेताले बोलेका थिए भने बाँकीले आज बोल्ने कार्यक्रम रहेको छ ।