‘अब नेपाल–भारत सीमानामा काँडेतार लगाउ’


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी भएकाले अब नेपाल–भारत सीमानामा काँडेतार लगाउनु पर्ने माग गरेका छन् । नेताहरुले नेपालको भूमि जोगाउनको लागि सीमानामा काँडेतार लगाउनु पर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । स्थायी कमिटी सदस्यहरू देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले काँडेतार लगाएर सीमा सिल गर्नुपर्ने धारणा राखेको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कूटनीतिक सम्वाद गर्नुपर्नेमा नेताहरुले जोड दिएको बताएदै वार्ताका लागि निरन्तर प्रयास गर्न सरकारलाई आग्रह गरेका छन् ।