कान्तिपुर र काठमाडौँ पोष्टबाहेक आफ्ना सबै प्रकाशन बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौं,

कान्तिपुर मिडिया गुप्रले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशन बन्द गर्ने निर्णय गरेको छ ।
नेपालको ठूलो मिडिया हाउस मानिएको कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गर्दै यसको जानकारी आफ्ना कर्मचारीहरुलाई गराएको छ ।

कोरोना कहरका कारण आर्थिक स्थति धान्न नसकेको भन्दै देशकै ठूलो प्रकाशन गृह कान्तिपुरले आफ्ना तीनवटै सहप्रकाशन बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

व्यवस्थापनको यो निर्णयले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा काम गर्ने पत्रकार भने अन्यौलमा परेका छन् । करिब ५० जना पत्रकारको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै जानकारी प्राप्त भइनसकेको जनाइएको छ । यसअघि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेलगत्तै पनि कान्तिपुरले सबै प्रकाशन बन्द गरेको थियो । त्यसको एक हप्तापछि कान्तिपुर र काठमाडौँ पोष्ट प्रकाशन थालिए पनि अरुको भने प्रकाशन गरिएको थिएन ।