कोभिड–१९ उपचारमा सहयोगी हुनसक्ने भन्दै शेर्पा समुदायको डीएनए अध्ययन गरीने



न्युज अफ नेपाल, काठमाडाैँ ।

भेरियन्ट बायो नामक एक अमेरिकी स्टार्ट–अप कम्पनीले कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालेकोे छ।

कम्पनीले आफ्नो अध्ययनका लागि उच्च हिमाली भेगमा अक्सिजनको मात्रा कम हुँदा पनि शेर्पाहरु कसरी सहज जीवन यापन गर्छन् भन्ने जिज्ञासालाई आधार बनाएको छ।

भेरियन्ट बायोका अनुसार, यो अनुसन्धानले कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुनेछ । किनभने भाइरसले फोक्सोलाई प्रभावित गर्छ र रगतमा अक्सिजनको मात्रा घटाउँछ ।

प्रतिक्रिया दिनुहोस्