उपाध्यक्षको अध्यक्षतामा पारित नीति कार्यक्रममा पर्यो यस्तो लफडा


न्युज अफ नेपाल, भद्रपुर ।

गाउँपालिकाको सातौं गाउँसभा अवैधानिक रुपमा पारित गरेको बताएका छन् । गाउँपालिकाको परिसरमा पत्रकार सम्मेलन गर्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले उपाध्यक्षको अध्यक्षतामा पारित भएको नीति कार्यक्रम नमान्ने बताउँनुभएको छ ।

बुधबार गाउँपालिकामा भएको घटनाको भर्सना गर्दै लिङ्देनले आफुमाथि आक्रमण र लछारपछार गर्नेलाई कारबाहीको माग गर्नुभएको हो । आफु अस्पताल गएको बेला उपाध्यक्षसहित अन्य सभा सदस्यले नीति कार्यक्रम पारित गरेपनि आफुलाई मान्य नहुने पत्रकार सम्मेलनमा बताउँनुभयो ।

अध्यक्ष लिङ्देनले जलथल जङ्गलमा निर्माण गरिएको बाटोको नाममा विवाद भएको स्वीकार गर्नुभयो । बाटोकोे नाम राख्दा स्थानीय जनताको भावना समेट्नु पर्ने माग गर्दै आएका थिए । लिङदेन निर्वाचित पार्टीले नेकपाबाट निर्वाचित जनप्रतिनिधिले राखेको नाम अस्वीकार गर्दै आएको थियो ।

सभामा उठेका विभिन्न विषयमा छलफल गर्न मिति तय गर्ने भन्दा जवरजस्ती पारित गरेको उनको आरोप छ । उहाँले घटनाको सबै जिम्मेवारी नेकपाले लिनुपर्ने बताउँनुभयो ।

हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्व. दोणचार्य क्षेत्री राख्नु पर्ने बताउँदै आएकोमा नेपाली काँङ्ग्रेस र राप्रपाले स्थानीय स्व. केशवकुमार कन्द्ङवा राख्नु पर्ने अडान लिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

यता उपाध्यक्ष गिरीको समूहले विहीबार अपरान्ह् पत्रकार सम्मेलन गर्ने भनिएपनि शुक्रबार विहानलाइ सरेको पालिका प्रवक्ता सागर पोर्तेलले जानकारी दिनुभयो ।