कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एकको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएर ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जनाको ज्यान गएको छ ।
बिहिबार विहान ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेन्द्र गेलालले ती पुरुषको ज्यान गएको पुष्टि गर्नुभयो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २६ पुगेको छ ।

ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। चितवन घर भएका उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।