नव-नाजीलाई सघाउने सैनिक पक्राउ

0
Shares

वसिंगटन,एजेन्सी ।

अमेरिकाको एकजना सैनिक माथि नव –नाजी समुहलाई सुचनाहरु पठाएर आफ्नै युनिट माथि डरलाग्दो आतंककारी आक्रमण गर्ने योजना बनाएको अभियोगमा प्रहरीले गिरफतार गरेको छ ।

बाइस वर्षिय इथान मेल्जरलाई दि अर्डर अफ दि नाइन एन्जेल्स नामक सो प्रतिवन्धित समुहलाई संवेदनशिल विवरणहरु पठाउने गरेको अभियोग लगाइएको छ । अमेरिकी न्याय विभागले सो समुह नव –नाजीमा आधारित जातीवादी हिंसात्मक समुह भएको आरोप लगाएको छ ।

उनले भयावह आक्रमण कार्यान्वयन गराउन जिहादीहरुलाई सुचना प्रवाह गर्ने योजना बनाएको बताइएको छ । संघिय जाँचबुझ ब्युरो र अमेरिकी सेनाले गत महिना उनको योजना असफल बनाएका थिए । उनलाई १० जुनमा पक्राउ गरिएको हो । सन् २०१८ को डिसेम्वरमा अमेरिकी सेनामा भर्ती भएका उनले २०१९ जुनदेखि सक्रिय रुपमा सेवा आरम्भ गरेका थिए ।