पार्टीभित्रको विवाद थामथुम पार्न मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेर गर्ने गृहकार्यमा लाग्नुभएको छ । प्रधानमन्त्रीको सचिवालय अनुसार दुई बर्षको अवधिमा पनि प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरुलाई हेरेफेर गरेर नयाँलाई जिम्मेवारी दिने गृहकार्य अगाडि बढाएनुभएको हो ।

पार्टीको जारी स्थायी समिति बैठकमा हुने आलोचनाको जवाफको लागि मन्त्रीमण्डल हेरफेर गर्ने नीति प्रधानमन्त्रीले लिएको हुन सक्ने एक स्थायी समिति सदस्यले बताए । स्थायी कमिटीको बे७कमा धेरै नै आलोचना भएमा पहिलो र दोस्रोपल्ट मन्त्रीको जिम्मेवारी लिएका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रिमण्डल गठन गर्न सकिने गृहकार्यमा प्रधानमन्त्री बसेको बताइएको छ ।