नयाँ नक्सा जारी भएपछि भारत चिढिएको छः प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरेसँग भारत चिढिएको बताउनुभएको छ । उहाँले नेपालको भूमिको विषयमा भारतीय सेनाअध्यक्षबाट आएको अभिव्यक्ति गलत अभएको बताउदै नेपालले संवाद मार्फत विवादको समाधान खोजेपनि भारत पन्छिदै आएको बताउनुभएको हो ।

आज सबेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताको मुद्दा अहिलेसम्मकै बलियो भएको बताउनुभयो । प्रधानमन्त्री ओलीको भनाई उदृद्ध गर्दै एक स्थायी समिति सदस्यले न्युज अफ नेपालसँग भने,‘इतिहासमै नभएको काम यो सरकारले गरेको छ, बर्षौदेखि ल्याउन नसकेको भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएको छ ।’