नेकपा स्थायी समिति बैठक सुरु, एमसीसी मुख्य एजेण्डा


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको बारेमा निर्णय गर्न स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकले एमसीसीको बारेमा निर्णय लिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसकेपछि स्थायी समिति बैठकमा राजनीतिक र सांगठानिक प्रतिवेदन विना नै बैठक सुरु भएको छ ।

नेकपा बैठकको शुरुमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ । बैठकमा सरकारको कामको समीक्षा हुनेछ । जसमा कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सिमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम लगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डामा राखिएको नेता मणि थापाले जाानकारी दिनुभयो ।
नेकपाको यो बैठकमा सरकारको आलोचनाको साथै प्रधानमन्त्रीको राजीनामा माग्नेसम्मको तयारी प्रचण्ड र माधव नेपाल पक्षको गरेको स्रोतको दावी छ । एमसीसीको पक्षमा स्थायी समिति बैठकमा ओली अल्मतमा रहेनुभएको छ ।