टिपर धुने क्रममा करेन्ट लागेर २ को मृत्यु

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी ३ खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेण्ट लागेर मंगलबार २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लु २ ख ४७४४ नम्वरको टिप्परका चालक ३२ वर्षीय भरत थापा र सहचालक १७ वर्षीय आशिष विक रहेका छन् ।

स्याड.्जा जिल्ला चापकोट ६ निवासी चालक थापा, र पूर्वी नवलपरासी विनयी त्रिवेणी ५ धुर्कोट निवासी सहचालक विकको करेण्ट लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

खोरण्डे खोलामा टिप्पर धुन उठाएको बुमले माथि टागिएको विद्युत मेन लाईनलाई छुन पुग्दा एकाएक करेन्ट लागेको थियो ।करेन्ट लागेर नजिकै खोलामा नुहाई रहेका लु २ ख ४४४८ नम्वरको टिप्परका चालक कास्की पोखरा १७ निवासी वर्ष ४५ का कृष्ण बहादुर पाण्डे घाइते भएकाछन् ।

घाईते पाण्डेको हाल मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको छ भने मृत्यु हुने चालक र सहचालकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ । घटना पश्चात प्रहरीले शवको प्रकृति मुचुल्का उठाई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।