उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन


न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेसँगै सरकारले उपत्यका भित्रनेहरुमाथि निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।
पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो । लकडाउन केही सहज भएपछि पछिल्लो समयमा विभिन्न जिल्लाहरुबाट उपत्यकाभित्र आउनेहरुको संख्या ह्वात्तै बढेको छ ।