नेकपाभित्र एमसीसीको विवाद : घेराबन्दीमा प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडाैं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नगर्ने विषयमा निर्णय लिन सकेको छैन् । पार्टीभित्रको आन्तरिक विवादको कारण एमसीसीको बारेमा पटक–पटक छलफल भएपनि नेकपाले निर्णय लिन सकेको छैन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी परियोजना पारित गरेर जानुपर्ने अडानमा रहनुभएका छ भने सचिवालयमा बहुमत सदस्य एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा छन् ।

एमसीसीको बारेमा सचिवालयले निर्णय लिन नसकेपछि पार्टीले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको स्थायी समिति बैठकमा अल्मतमा रहेको कारण प्रधानमन्त्री ओलीलाई एमसीसी पारित गराउने विषय फलामको चिउरा सरह हुने एक स्थायी समिति सदस्यले बताए ।

उनले भने,‘देशको हित विपरीतको सम्झौता पारित नगरी नहुने प्रधानमन्त्री ओलीलाई के बाँध्यता छ ?पार्टीमा छलफल हुन्छ, जे निर्णय हुन्छ ओलीले त्यही मान्नु पर्छ ।’गत पुसमा बसेको केन्द्रीय कमिटीको बैठकमा पनि एमसीसीको विषयमा व्यापक छलफल भएको थियो । त्यति बेला विवाद कम गर्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल बनाएर विवादको समाधान खोज्नु पर्ने प्रस्ताव पारित भएको थियो ।

‘पुस १५–१९ को केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल संयोजक, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो

। कार्यदलले एमसीसी सम्झौताका केही विषय संशोधन नगरी पारित गर्न नहुने प्रतिवेदन बुझाएको थियो । तर प्रधानमन्त्री ओलीले कार्यदलको प्रतिवेदनलाई वेवास्था गर्दै एमसीसी पारित गर्नुपर्ने अर्को अडान राखेपछि पार्टीभित्र विवाद झन बढेको थियो । भोलीकाट सुरु हुने स्थायी समिति बैठकमा एमसीसीकै विषयमा छलफल हुने बताइएको छ ।