पर्वतमा आज थपिएका संक्रमितमध्ये एक स्वास्थ्यकर्मी, ४ चार जना सर्बसाधरण



न्युज अफ नेपाल,पर्वत ।

पर्वतमा मंगलबार संक्रमण पुष्टि भएकामा ४ जना सर्वसाधरण र एक जना स्वास्थ्यकर्मि पनि रहेको खुलेको छ। संक्रमण पुष्टि हुनेमा कुस्मा नगरपालिका ३ का ३१ र १७ बर्षिया महिला तथा ९ बर्षका बालक रहेका छन भने कुस्मा नगरपालिका ८ का २८ बर्षिय युवा रहेका छन ।

यस बाहेक पर्वत अस्पतालकी २८ बर्षिया स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै भारतबाट आइृ क्वारेन्टाईनमा बसेका १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो भने बाँकी २१ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परिक्षण गरिएको थियो ।

संक्रमित सबै क्वारेन्टाईन र होम क्वारेन्टाईनमा रहेको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देबकोटाले बताउनुभयो । यो संगै पर्वतमा संक्रमतिको संख्या ६८ पुगेको छ । ८ जना उपचारपछि निको भएर घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस्