सुचारु भयो पृथ्वी राजमार्ग



मिला दरै,तनहुँ ।

करिब ८ घण्टा पछि पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको छ । मंगलबार बिहान बजेदेखि अवरुद्ध राजमार्ग करिब दुई घण्टा लगाएर पहिरोबाट खसेका ढुङ्गा, माटो हटाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार बिहान करिब साडे ६ बजेदेखि अवरुद्ध सडक दुई घण्टामा ढुङ्गा, माटो हटाइएपछि दुई तर्फी रुपमा यातायात सुचारु भएको छ । पहिरोका कारण बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक सवारीहरु रोकिएका थिए । ‘पहिरो खसिरहेकोले गर्दा पनि सडकमा खसेका ढुङ्गा, माटो हटाउन समय लाग्यो,’ डिएसपी तिमिल्सिनाले भननुभयो, ‘अहिले दुई तर्फी आवागमन सुचारु भएको छ ।’

राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै पहिरो खसेको हो । राजमार्गमा झरेको पहिरो हटाउन डोजर प्रयोग गरिएको थियो । प्रदेशको मुख्य नाका भएकाले पनि धेरै जसो एम्बुलेन्स रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्