बोलाउदा पनि किन आएनन स्वास्थ्यमन्त्री ढकाल ?


न्युज अफ नेपाल, काठमाडौं ।
स्वास्थ्य सामाग्री खरिद प्रक्रियाको अनियमितताको बारेमा छलफलको लागि बोलाउदा पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अनुपस्थित हुनुभएको छ । लेखा समितिको बैठकमा स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशक मात्र उपस्थित भएपछि समितिका सदस्यहरुले स्वास्थ्य मन्त्री खोई भन्दै प्रश्न गरेका हुन् ।
छलफलका लागि बोलाइएको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उपस्थित नभएपछि कांग्रेसका सांसद सांसद मिनेन्द्र रिजालले आपत्ति जनाउदै स्वास्थ्यमन्त्री किन अनुपस्थित भएको भन्दै प्रश्न गर्नुभयो ।

स्वास्थ्यमन्त्री उपस्थित नभएको सो बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारी, स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह सहभागी हुनुभएको थियो । लेखा समितिले बोलाएपछि मन्त्रीहरु जाने प्रचलन रहेको छ । स्वास्थ्यमन्त्री माथि दर्जनौ प्रश्न उठेपछि बैठकमा उपस्थित स्वास्थ्य सचिव लक्ष्मण अर्यालल ले दुई हप्ता अघि मात्रै जिम्मेवारीमा आएकोले यो प्रक्रियाको बारेमा स्पष्ट जवाफ दिन सक्नुभएन ।

बैठकमा सांसदहरुले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया, हालसम्मको खर्च विवरण, क्वारेन्टानको व्यवस्थापन, पीसीआरको परीक्षणको दायरा विस्तार, आरडीटीको खारेजी लगायतको सम्बन्धमा प्रश्न उठाएका थिए । स्वास्थ्यमन्त्री ढकालले भने स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता नभएको दावी गर्दै आउनुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता नभएको भन्दै स्वास्थ्यमन्त्री ढकालको बचाउ गर्दै आउनुभएको छ ।