नेकपाको निर्णयले रोटीबेटीको सम्बन्धलाई ठेस पुर्‍याउछः ठाकुर


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपालले सात वर्षपछि अंगिकृत वैवाहिक नागरिकता दिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्णयप्रति आपत्ति जनाएको छ । राजपाले नेकपाको निर्णय स्वीकार गर्न नसक्ने बताउदै आपत्ति जनाएको हो । आइतबार सिंहदरबारमा नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको दलको बैठकले नेकपाको सचिवालयले शनिबार गरेको निर्णय सच्याउन माग गरेको छ ।

नेकपाको निर्णयले नेपाल भारतबीच सदियौंदेखि रहेको सामाजिक, साँस्कृतिक तथा विहावारीको सम्बन्धलाई आघात पु¥याउने निश्चित रहेको बताउदै विज्ञप्तीमा भनिएको छ,‘भारतसँग रोटीबेटीको सम्बन्धलाई ठेस पु¥याउने र यसले दुबै देशको करोडौं नागरिक प्रभावित हुने साथै महिला महिलाबीच विभेदसमेत हुने हुँदा यो हामीलाई कदापी स्वीकार्य हुन सक्दैन ।’ राजपाले नेकपालाई निर्णय पुनर्विचार गर्नसमेत आग्रह गरेको छ ।