‘सात वर्षपछि नागरिकता दिने निर्णय साम्प्रदायिक र विवेकहीन ’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले विरोध जनाउनुभएको छ ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराई र अध्यक्ष यादवले विदेशी बुहारी र ज्वाईलाई विभेद नगर्न आग्रह गर्नुभयो ।
उहाँहरुद्वयले अंगीकृत नागरिकतामा विदेशी महिला र पुरुषलाई फरक–फरक मापदण्ड नराख्न आग्रह गर्नुभयो । अध्यक्ष यादवले नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात बुहारी र ज्वाइबीच असमानता र विभेद हुन नहुने बताउनुभयो ।

डा. भट्टराईले बावु आमाबाट नागरिकता दिने भनिए पनि आमाबाट नदिने प्वालहरु रहेको भन्दै त्यसलाई टाल्नुपर्ने सुझाव दिनुभयो । उहाँले तेस्रो लिङ्गीलाई स्वघोषणाबाटै पहिचानसहितको नागरिकता दिनपर्ने समेत धारणा राख्नुभयो ।‘नागरिकतासम्बन्धी विधेधकमा लैंगिक विभेद देखिनु न्याय,लोकतन्त्रसम्मत भएन ।’ उहाँले भन्नुभयो  ‘ नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ ।’