भारतले कोरोनाको औषधि बनाएको दाबी गर्यो


काठमाडाैँ ।

एक भारतीय फार्मा कम्पनीले कोरोना औषधि बनाएको दाबी गरेको छ । भारत सरकारले यो औषधि बिक्रीलाई पनि अनुमोदन गरेको बताइएको छ। ग्लेनमार्क फार्मास्यूटिकल कम्पनीले यो औषधि दिएर कोरोनाका लक्षणहरू देखा पर्ने बित्तिकै कोरोनाको संक्रमण त्यहाँ बन्द भएको बताइको छ ।

कोरोनाको पहिलो दोस्रो चरणका बिरामीहरूको उपचारको लागि यो प्रयोगमा ल्याउन सकिने कम्पनीले शनिबार जानकारी दियो। मुम्बईस्थित एक कम्पनीले शुक्रबार भने यो औषधि उत्पादन र बजारका लागि भारतका ड्रग कन्ट्रोलर जनरल (डीजीसीआई) बाट अनुमति प्राप्त गरेको जनाएको छ।

ग्लेनमार्क फार्मास्यूटिकल्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक ग्लेन साल्दानाले भने– ‘यो अनुमोदन त्यस्तो समयमा आएको छ जब भारतमा कोरोना भाइरसका घटनाहरू पहिलेको भन्दा बढ्दो गतिमा बृद्धि भइरहेको छ। यसले हाम्रो स्वास्थ्यसेवा प्रणालीलाई धेरै दबाबमा पुर्‍याएको छ।’

फबिफ्लू जस्ता प्रभावकारी उपचारको उपलब्धताले यस दबाबलाई ठूलो हदसम्म कम गर्न मद्दत गर्ने उनको आशा छ।


–न्युज २४ इन्डीया