भारतीय दूतावासका दुई अधिकारी बेपत्ता


न्युज अफ नेपाल, इस्लामाबाद ।

पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको भारतीय दूतावासका दुई अधिकारी बेपत्ता भएका छन् । यहाँको केही अखबारहरुले विदेश मन्त्रालयको स्रोतलाई हवाला गर्दै दुई भारतीय अधिकारी बेपत्ता भएको जनाएको छ ।

अखबारका अनुसार उनीहरु सोमबार विहानबाट सम्पर्कमा नआएको हो । यस घटनाको बारेमा थप विवरण दिईएको छैन । यहाँको विभिन्न सञ्चार माध्यमहरुमा आएको विवरणअनुसार भारतीय दुतावास र विदेश मन्त्रालयले दुबै जनाको खोजबिन तीब्र पार्न भनेको छ ।

केही दिनअघि मात्रै दिल्लीमा पाकिस्तानी दूतावासका दुई अधिकारी जासूसी गरेको आरोपमा रंगेहात पक्राउ परेका थिए । ती पक्राउ परेका दुबैलाई २४ घण्टा नबित्दै पाकिस्तान पठाईएको थियो ।

ती दुई जनाले केही भारतीय नागरिकलाई ठूलो रकमको लोभ देखाइ भारतीय सुरक्षासँग जोडिएको दस्तावेज लिने काम गरिरहेको भनिएको छ।