८६ दिनपछि यसरी सुरु भयो मुम्बाईमा रेल सेवा


न्युज अफ नेपाल, मुम्बाई ।
मुम्बाईको लाईफलाईनको रुपमा लिईने लोकल रेल सेवा आज सोमबारबाट संचालनमा आएको छ ।  यहाँको लोकल रेल सेवा कोरोना भाईरसका कारण ८६ दिनदेखि बंद रहेको थियो ।

रेलमा अत्ति आवश्यक सेवासँग जोडिएकालाई मात्रै यात्रा गर्न अनुमति दिईएको छ । रेल सेवा सञ्चालनका लागि दुई दिनअघिमात्रै रेलवे अधिकारीहरुको एक बैठक बसेको थियो । त्यसपछि सेवा सुचारुको निर्णय लिएको बताईएको छ ।

हाललाई रेलमा प्रहरी, स्वास्थ्यकर्मी, नगरका कर्मचारी, सरसफाईकर्मी, सञ्चारकर्मीले मात्रै यात्रा गर्न पाउनेछन् । रेल पश्चिम रेलवेमा चर्चगेटबाट दहानुसम्म ७३ रेल चल्ने र विरादेखि दहानु रोड स्टेशनसम्म ८ रेल संचालन भईरहेको छ ।

त्यस्तै मध्य रेलवेमा दुई सय रेल चल्ने रेलवे अधिकारीले बताएका छन् । रेलमा यात्रा गर्दा केही नियमको पालना गर्नु पर्ने भनिएको छ । जसमा सर्वसाधरणले रेल चढ्न नपाईने भनिएको छ ।

अत्ति आवश्यक सेवाका यात्रीलाई मात्रै रेलको टिकट दिने नियम बनाएको छ । सरकारी परिचयपत्र बोकेको कर्मचारीलाई पनि रेलको टिकट दिईनेछ । सामाजिक दुरी कायम गर्दै १२ सय क्षमताको रेलमा ७ सय यात्रीलाई मात्रै रेलमा यात्रा गराउने स्विकृति मिलेको छ ।